मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २९ बुधबार १६:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिकट नपाउने बेहोस हुन्छन् कि भन्ने चिन्ता छ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २९ बुधबार १६:१७:००

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन् ।

अध्यक्ष नेपालले नगरे पनि हुन्थ्यो नि भन्नेहरूले पनि निर्वाचनमा टिकट लिनका लागि चर्को दाबी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीनिकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले उठेर दुई कदम पनि हिँड्नर नसक्ने वृद्धहरूले समेत टिकटको आकांक्षा चर्को रूपमा राखेको बताए ।

अध्यक्ष नेपालले ती आकांक्षीहरूमा टिकट नपाउने हो भने बेहोस हुने हो कि भन्ने आफूलाई लागेको पनि बताए । उनले भने, ‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ । सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन ।  चाहना हेर्ने हो भने अकासिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल, को काबिल छैन ? त्यो छुट्याउने आधार हामीले बनाउन सकिरहेका छैनौँ ।’  

अध्यक्ष नेपालले पार्टीका नेता–कार्यकर्तालाई कुनै व्यवसाय  वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराए। त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको भनाइ थियो ।