मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २९ बुधबार ११:२२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पकाउन अल्छी छु : अदिती बुढाथोकी अभिनेत्री  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २९ बुधबार ११:२२:००

नेपालमा हुँदा १० बजेभित्र सुतिसकेकी हुन्छु । मुम्बईमा हुँदा १२ बज्छ । घरमा त्यतिकै बस्न मन लाग्दैन, दैनिक काममा व्यस्त हुँदा माइन्ड फ्रेस भएको महसुस हुन्छ । व्यायामका लागि जिम जान्छु । डान्स क्लास पनि जान्छु ।

म भेजिटेरियन भएकाले ब्रेकफास्टमा प्रशस्त फलफूल खान्छु । स्याउ, केरा, पाइनापललगायका फलफूल खाने गरकी छु । टोस्ट, पिनट बटर पनि खाने गर्छु । फ्रेस खानेकुरा मात्रै लिन्छु । यस्तो गर्दा आफूलाई हेल्दी रहेको महसुस हुन्छ । सकेसम्म घरकै खाना खाने कोसिस गर्छु । दालभात खान्छु । मलाई पनिर पनि एक्दमै मन पर्छ ।

नेपालमा रहेको वेला हरेक दिन साग खान्छु । डिनर लाइट लिन्छुु । दाल, तरकारी, सालाद खाने गरेकी छु । कहिलेकाहीँ एभोकाडोको जुस बनाएर खान्छु । मलाई खान रमाइलो लाग्छ, तर बनाउन अल्छी लाग्छ । यो मेरो खराब बानी हो । मलाई नेपाली र इटालियन खाना बढी मन पर्छ । कोरियन र जापानी खाना पनि मिठो हुन्छ ।