१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २८ मंगलबार १३:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबराले पोलेका पूर्वन्यायाधीश, अधिवक्ता र राजनीतिज्ञलाई बयानका लागि बोलाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २८ मंगलबार १३:२४:००

निलम्बनमा रहेका प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले आरोप लगाएका व्यक्तिहरूसँग महाभियोग सिफारिस समितिले बयान लिने तयारी गरेको छ। मंगलबार समितिको बैठकपूर्व कांग्रेस सांसद तथा समिति सदस्य मीन विश्वकर्माले जबराले पोलेका पूर्वन्यायाधीश, अधिवक्ता र राजनीतिज्ञहरूलाई बयानका लागि बोलाइने बताए।

जबराले बयानका क्रममा विवादित विषयहरूमा पूर्वन्यायाधीश, अधिवक्ताहरू तथा राजनीतिज्ञहरूलाई समेत मुछेपछि समितिले उपलब्धता र आवश्यकताका आधारमा उनीहरूलाई बोलाउने तयारी गरेको हो।

‘व्यक्त भएका विषयहरूलाई अभियोगसँग तुलनात्मक अध्ययन गर्छौँ र निष्कर्ष निकाल्छौँ। सँगसँगै बयानमा व्यक्त भएका व्यक्तिलाई आमन्त्रण गर्छाैँ र विषयको खोजी गर्छौँ,’ विश्वकर्माले भने, ‘पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, बारका अध्यक्ष एवं पूर्वअध्यक्ष, वरिष्ठ अधिवक्ताहरू र केही राजनीतिक व्यक्तिहरूलाई पनि बोलाउँछौँ ।’

सांसद विश्वकर्माले सचिवालयको सहयोगमा प्रतिवेदन लेखन कार्य अघि बढिराखेको जानकारी दिँदै भदाै मसान्तभित्र संसदमा प्रतिवेदन बुझाउने बताए।