मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २८ मंगलबार ०६:१९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एकै दिन नबिलका आठ नयाँ शाखा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २८ मंगलबार ०६:१९:००

नबिल बैंकले आइतबार एकै दिन आठ ठाउँमा आफ्ना शाखा विस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मूलपानी, सुरुंगा, भागवान् पाउ (डल्लु), साँखु, काँकडभिट्टा र भण्डारामा आइतबार एकैसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

उपत्यकाभित्रका शाखाहरूमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौड्याल तथा नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रूपमा साँखु शाखा, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्त रूपमा मंगलबजार शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।

त्यस्तै, कागेश्वरी–मनोहरा वडा ६ का वडाध्यक्ष प्रकाश फुँयाल तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रूपमा मूलपानी शाखा तथा काठमाडौं महानगरपालिका वडा नं. १५ डल्लुका वडाध्यक्ष ईश्वरमान डंगोल र बैंकका प्रमुख जोखिम अधिकृत नमिता दीक्षितले संयुक्त रूपमा भगवान् पाउ (डल्लु) शाखा उद्घाटन गरेको जनाइएको छ ।  

उपत्यकाबाहिरका शाखाहरूमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेलले सुरुंगा शाखाको र इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरेको बैंकले जनाएको छ । त्यसका साथै राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्णदत्त भट्टराईले संयुक्त रूपमा भण्डारा शाखा उद्घाटन गरेको जनाइएको छ । 

बैंकले आफ्नो दीर्घकालीन रणनीतिअनुरूप शाखाहरू विस्तार भएको र नयाँ बजारहरूमा आफ्नो उपस्थिति गराई स्थानीय बासिन्दा, व्यापारी र विद्यमान ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले यी शाखामार्फत विस्तारित क्षेत्रहरूमा थप मानिसलाई सेवा प्रदान गर्न सक्षम भएको बताएका थिए । थप आठ नयाँ शाखासँगै नबिल बैंकको देशभरमा शाखा संख्या दुई सय ३३ पुगेको जनाइएको छ ।