मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २८ मंगलबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नाडा इभी एक्स्पोमा २६ ब्रान्डका सवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २८ मंगलबार ०६:१२:००

नेपालमा पहिलोपटक विद्युतीय सवारीसाधनको प्रदर्शनी ‘नाडा इभी एक्स्पो–२०२२’ आयोजना हुने भएको छ । असोज ६ देखि ९ सम्म भृकुटीमण्डपमा हुने एक्स्पोमा विभिन्न २६ ब्रान्डका विद्युतीय सवारीसाधन प्रदर्शन गरिने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । 

‘टुवार्डस् सस्टेनेबिलिटी’ नारासहित आयोजना हुने इभी एक्स्पोमा विद्युतीय गाडीका पार्टपुर्जा, बैंक तथा वित्तीय संस्थाका स्टलहरू पनि रहने नाडाले जानकारी गराएको छ । एक्स्पोमा ५१ स्टल रहनेछन्, जसमा नौ ब्रान्डका चारपांग्रे, एउटा तीनपांग्रे, १६ ब्रान्डका दुईपांग्रे, तीन ब्रान्डका टायर, दुई ब्रान्डका ब्याट्री, नौ ब्रान्डका पार्टपुर्जा तथा ग्यारेज उपकरण र चारवटा वित्तीय संस्थाहरूको सहभागिता रहने आयोजकको भनाइ छ । 

नाडाका अध्यक्ष ध्रुव थापाले पछिल्लो समय नेपालमा ब्याट्रीबाट चल्ने चारपांग्रे र दुईपांग्रेको लोकप्रियता बढ्दै गइरहेको बताए । राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै पेट्रोल र डिजेलबाट चल्ने गाडी आयातमा रोक लगाएपछि विद्युतीय गाडीमा आकर्षण बढ्दै गएको उनको भनाइ छ । 

एक्स्पोमा सहभागी हुने ब्रान्डहरू 
चारपांग्रे विद्युतीय सवारीका ब्रान्डहरूमा हुन्डाईको कोना र आयोनिक फाइभ, टेस्लाको मोडल थ्री, मोडल एक्स र मोडल वाई, टाटाको नेक्सन र टिगोर, निटा भी, चांगन भ्यान, बिवाइडी, बिएफएसके, सिटी स्प्रिट, लोङ्मा इभी प्रदर्शनीमा राखिने भएको छ । यस्तै, ट्रियो ब्रान्डको तीनपांग्रे पनि इभी एक्स्पोमा प्रदर्शनीमा राखिँदै छ ।
दुईपांग्रे विद्युतीय स्कुटर तथा मोटरसाइकल ब्रान्डमा लेभनिङ, एनआइयू, यादिया, जिहो, ओला, पुसर सोको, हिरो इलेक्ट्रिक, दोहान, मिकु, जोय, सेग्वे, आयम, टेलजी, प्योर, लेक्ट्रो, रोयमोटर्सलगायत प्रदर्शनीमा रहनेछन् । एक्स्पोमा युएसएआइडी क्लिन एयरले नलेज पार्टनरका रूपमा इभी चौतारी नामक तीनदिने सूचनामूलक गोष्ठी सञ्चालन गर्ने भएको छ । चार दिनसम्म चल्ने एक्स्पोमा करिब ४० हजार अवलोकनकर्ता आउने विश्वास आयोजकको छ ।