मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २८ मंगलबार १०:२३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पुलिसका कुशल चम्के

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २८ मंगलबार १०:२३:००

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ३४औँ राष्ट्रिय पुरुष टी–२० क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित हात पारेका छन् । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ७६ रनले हरायो । पुलिसले पहिलो ब्याटिङ गरी २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रनको बलियो योगफल बनाएको थियो । प्रत्युत्तरमा लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय २८ रन मात्र बनाउन सक्यो । 

पुलिसको सानदार जितमा राष्ट्रिय टोलीका अनुभवी खेलाडी कुशल भुर्तेल र आरिफ सेखले उत्कृष्ट योगदान दिए । कुशलले सर्वाधिक ७५ रन बनाए । आरिफले ५० रनको अर्धशतकीय योगदान दिए । बलिङमा पुलिसका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यसैगरी, राष्ट्रिय टोलीका सिमर करण केसीले लुम्बिनीका दुई खेलाडीलाई आउट पारे ।

लुम्बिनीको बलिङ इनिङ्समा बसिर एहमद, अनिल खरेल, दीपेन्द्र रावत तथा विशालविक्रम केसीले समान एक विकेट लिए । लुम्बिनीको ब्याटिङमा बसिर अहमदले नटआउट ४६ रन तथा सौरभ खनालले २४ रन जोडे । जितसँगै पुलिस तीन खेलमा सात अंक बटुल्दै समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ ।

 आर्मीसँग मधेस ६ विकेटले पराजित
प्रतियोगिताकै अर्को खेलमा विभागीय टोली आर्मीले मधेस प्रदेशलाई ६ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको मधेसले २० ओभरमा सात विकेट गुमाएर एक सय चार रनको मध्यम योगफल खडा गरेको थियो । आर्मीले १८.१ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । आर्मीका विनोद भण्डारीले नटआउट ३४ रन बनाए । राष्ट्रिय टोलीका उपकप्तान रोहित पौडेलले २५ रन जोडे । अर्जुन साउदले १७ तथा राजेश पुलामीले नटआउट १६ रनको योगदान दिए ।