मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ११ सोमबार १३:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री सिके राउतको प्रवक्ता बने : राजेन्द्र महतो (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ११ सोमबार १३:५६:००

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्कता प्रर्दशन गरिरहेको उनले दावी गरे । आइतबार काठमाडौंमा आयोजित देशको विद्यमान परिस्थितिमा राजनीतिक दलहरुको भूमिका अन्तरक्रिया कार्यक्रममा उनले टिकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझिदिन सबैलाई आग्रह गरे । 

नेता महतोले तत्कालीन माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने तर टिकापुर घटनालाई अपराधिक गतिविधि भन्दै रेशम चौधरीलगायतका राजनीतिक व्यक्तिहरुलाई जन्मकैदको सजाय दिइएकोमा आपत्ति जनाए ।

नेता महतोले झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भनेजस्तै टिकापुर घटनालाई पनि थरुहट आन्दोलनको रुपमा लिनुपर्ने बताए ।