१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ २८ मंगलबार ०७:४१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

 बालिका बलात्कारको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ

Read Time : < 1 मिनेट
२०७९ भदौ २८ मंगलबार ०७:४१:००

 बालिका बलात्कारको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् । बाग्लुङ गलकोट– ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

चुमनुब्री– ३ पामोकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रानालाई पक्राउ गरिएको हो । गत शनिबार अपराह्न साढे ५ बजे बारीमा तरकारी टिप्न गएकी बालिकामाथि बलात्कार गरेको फेला परेपछि घटनास्थलमै स्थानीयले नियन्त्रणमा लिई उनलाई प्रहरीचौकीमा जिम्मा लगाएका थिए । 

प्रत्यक्षदर्शी एक महिलाले घटनास्थलमा पुगेर गुहार लगाई गाउँलेलाई जम्मा गरेको र गाउँलेले घेरा हाली प्रहरीको जिम्मा लगाएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् । पीडित बालिकाका अनुसार रानाको मुखमा मदिराको गन्ध आइरहेको थियो । सोमबार पीडित पक्षको आफन्तले प्रहरीमा जाहेरी दिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।