१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस दमौली
२०७९ भदौ २७ सोमबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजमार्गमा फेला परेको अजिंगरको उद्धार

Read Time : < 1 मिनेट
रासस, दमौली
२०७९ भदौ २७ सोमबार १७:१५:००

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ जलबिरेमा फेला परेको अजिंगरको उद्धार गरिएको छ।

मुग्लिन - पोखरा सडक विस्तारका क्रममा फेला परेको अजिंगरलाई डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको हो।  सडक आयोजनाअन्तर्गत काम गरिरहेका कामदारले अजिंगर देखा परेपछि डिभिजन वन कार्यालय तनहुँमा खबर गरिएको थियो। 

वनको टोलीले अजिंगरलाई उद्धार गरी डिभिजन वन कार्यालयको खोरमा सुरक्षित राखेको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। उक्त अजिंगरको तौल १० केजी र लम्बाइ ६.५ फिट रहेको छ।