१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २७ सोमबार १६:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्यानमार र मलेसियाका लागि राजदूतद्वारा शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २७ सोमबार १६:०४:००

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्।

उनले सोमबार राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहमा म्यानमारका लागि राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि राजदूत डिल्लीराज पौडेललाई पद तथा गोपनीयताको शपथ गराएकी राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए।