१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २७ सोमबार ०६:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गोल्डेन ओक १२औँ कृति अवार्डस्  : १५ एजेन्सीले पाए ५० वटा पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २७ सोमबार ०६:३७:००

नेपाली विज्ञापन सिर्जनाको सम्मान गर्ने उद्देश्यले आयोजना भएको गोल्डेन ओक १२औँ कृति अवार्डस्मा १५ एजेन्सीले ५० वटा पुरस्कार प्राप्त गरेका छन् । नेपाल विज्ञापन संघले हरेक वर्ष आयोजना गर्दै आएको कृति अवार्डस् ०६० सालदेखि आयोजना हुन थालेको हो । 

३१ वटा विभिन्न विधाको अवार्डस्का लागि ४५ वटा एजेन्सीहरूले सहभागिता जनाएको आयोजकले जनाएको छ । त्यसमा १५ एजेन्सीले ५० वटा पुरस्कार पाएका थिए । पुरस्कार पाउने एजेन्सीहरूमध्ये मेकवेज प्रालिले १९ वटा, बिजनेस एड्भान्टेजले पाँचवटा, प्रिज्मार्क मार्केटिङले पाँचवटा, आउटरिच नेपालले चारवटा, डिजिटल इनले चारवटा पुरस्कार पाएको जनाइएको छ । त्यस्तै, अभानी एडभर्टाइजिङले तीनवटा, एएनएस क्रिएसनले दुईवटा र म्याक्स मिडिया, प्रिज्मा एडभर्टाइजिङ कन्सर्ट वान, डिएनए टेक्नोलोजी, मार्स प्रालि, कि एडभर्टाइजिङ, सुश्री मिडिया र ह्याप्पी वक्र्सले एक–एकवटा अवार्ड जितेको आयोजकले जनाएको छ । 

६ सयभन्दा बढी प्रत्यक्ष उपस्थित दर्शकबीच गरिएको उक्त समारोहमा मदनकृष्ण श्रेष्ठ, शम्भुजित बास्कोटा, भुवन केसी, दीपकराज गिरीलगायत प्रतिष्ठित उद्योगी–व्यवसायीले विजयीलाई अवार्डस् प्रदान गरेका थिए । कार्यक्रममा आनका अध्यक्ष सोमप्रसाद धितालले प्रमुख अतिथि र आमन्त्रित सम्पूर्ण अतिथिलाई धन्यवाद दिँदै एजेन्सीहरूको उल्लेखनीय सहभागिताको प्रशंसा गरेका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कृति अर्वाडस्जस्ता सिर्जनशील कार्यक्रमले देशको आर्थिक विकासमा टेवा पुग्ने बताए । 

बाह्रौँ कृति अवार्डस्को मुख्य प्रायोजक ‘गोल्डन ओक, पावर्ड वाई बाल्ट्रा र डिस मिडिया नेटवर्क रहेका थिए । इन एसोसिएन विथमा डाबर नेपालका साथै मुक्तिनाथ विकास बैंक, बैंकिङ पार्टनर र गुरु ट्राभल्स ट्राभल पार्टनर, सपोर्टेड बाईमा प्रभु बैंक लिमिटेड, आटिपिएफ, सेल पे, सफ्टी हाइजिन, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक लिमिटेड, क्युएफएक्स र हस्पिटालिटी पार्टनरमा सोल्टी होटेल रहेको आयोजकले जनाएको छ ।