मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २७ सोमबार ०७:२८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुदूरपश्चिम र पुलिसको जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २७ सोमबार ०७:२८:००

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ३४औँ राष्ट्रिय पुरुष टी– २० क्रिकेट प्रतियोगिताको आइतबार सुदूरपश्चिम र नेपाल पुलिस क्लब विजयी भएका छन् । टियू मैदानमा सुदूरपश्चिमाञ्चलले प्रदेश १ लाई १३ रनले पराजित गर्दै तीन अंक जोडेको छ । सुदूरपश्चिमले ७ विकेटको क्षतिमा एक सय ४४ रन जोडेको थियो । 

सुदूरपश्चिमका वसन्त खत्रीले ४१ बलमा ५३ रन जोडे । मिलन बोहराले ३० बलमा ४४ र लोकेन्द्र चन्दले ११ बलमा २४ रन जोडे । बलिङमा प्रदेश १ का फिरदोश अन्सारीले ४ ओभरमा १७ रन दिएर ३ विकेट हात पारे । दीपेश कँडेलले ४ ओभरमा २७ रन खर्चंदै दुई  विकेट लिए । 

एक सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ३१ रन बनाएको थियो । दीपेश कँडेल ३१ बलमा ३४ रनमा नटआउट रहे । फिरदोश अन्सारीले ३१ बलमा ३३ रन र सोनु मण्डलले १४ बलमा २६ रन बनाए । सुदूरपश्चिमका मिलन बोहराले ४ ओभरमा १५ रन दिँदै दुई विकेट लिए । 

अर्को खेलमा नेपाल पुलिसले कर्णाली प्रदेशमाथि ९ विकेटको जित हात पार्‍यो । पुलिसले कर्णाली प्रदेशलाई १९.३ ओभरमा ८५ रनमा अलआउट गरेको थियो । कर्णालीका रविन्द्र शाहीले ४१ बलमा २७ रन जोडे । विपिन रावलले ३३ बलमा १७ रन जोडे । 

पुलिसका दिपेन्द्रसिंह ऐरीले ३.३ ओभरमा १७ रन दिँदै ३ विकेट लिए । ललित राजबंशीले ४ ओभरमा २० रन दिँदै ३ विकेट लिए । ८६ रनको सहज लक्ष्य पछ्याएको पुलिस क्लबले १०.४ ओभरमा जित निकाल्यो । पुलिसका सुनिल धमलाले २४ बलमा चार चौका र तीन छक्काको मद्दतले ४४ रन बनाए । कुशल भुर्तेलले ४० बलमा पाँच चौका र एक छक्काको सहयोगमा ३९ रन जोडे । यसैबीच, वर्षाका कारण मूलपानीस्थित क्रिकेट मैदानमा हुने भनिएका खेल स्थगित भयो ।