मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ २६ आइतबार १९:३३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चितवन गोल्डकप : मकवानपुरविरुद्ध सिमराको सहज जित

Read Time : < 1 मिनेट
२०७९ भदौ २६ आइतबार १९:३३:००

नारायणगढको क्याम्पाचौरमा जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको दोस्रो खेल नव जनजागृति युवा क्लब सिमराले जितेको छ। आइतबार नारायणगढको क्याम्पाचौरमा सम्पन्न दोस्रो खेलमा सिमराले मकवानपुर ११ लाई ३–१ ले हराएको हो। 

सिमराको जितमा खेलको १७औँ र २४औँ मिनेटमा विवेक चौधरीले दुई गोल गरे भने ७०औँ मिनेटमा सृजन गौतमले एक गोल गरे। मकवानपुरका सुजन गुरुङले ४७औँ मिनेटमा गोल गर्दै मकवानपुरको खेललाई लयमा फर्काउने संकेत गरेका थिए। 

पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको मकवानपुरले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। खेलमा दुई गोल गर्ने सिमराका विवेक म्यान अफ दी म्याच हुुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे।

गोल्डकपमा सोमबार मनाङ एफसी र बागमती नगरपालिका सर्लाही भिड्नेछन्। खेल दिउँसो ४ बजे हुनेछ। यसअघि शनिबार भएको उद्घाटन खेलमा भरतपुर फुटबल क्लबले भारतको मोतिहारी एफसीलाई ९–० को फराकिलो अन्तरले जितेको थियो।