मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुख्य समाचार डिजिटल संस्करण

प्रकाशमानलाई रविन्द्रको जवाफ– १५ वर्ष सांसद, मन्त्री भएर देश बिगार्नुभयो, अहिले मलाई व्यंग्य गर्नुहुन्छ !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २६ आइतबार १६:३२:००

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई राजनीतिबाट राजीनामा कहिले दिने भन्दै प्रश्न गरेका छन्। आफूले पार्टी अध्यक्षबाट राजीनामा दिइसकेको भन्दै मिश्रले सिंहलाई राजनीतिबाटै राजीनामा दिन सुझाएका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता सिंहले दुई वर्ष आफ्नै दल टिकाउन नसक्नेहरूले देश विकास गर्न नसक्ने भन्दै मिश्रलाई व्यंग्य गरेका थिए। आइतबार फेसबुकमार्फत त्यसको जवाफमा मिश्रले १५ वर्षसम्म सांसद  र मन्त्री भएर देशलाई बस्न लायक नराखेको आरोप लगाए।

‘१५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर खै केही गर्न सक्नुभएन। मौका पाए कोही नबस्ने देश बनाउनुभयो। राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो। खै के भनुँ ! अहिले बेकारमा मलाई व्यंग्य गर्नुहुन्छ। मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईंचाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?’ मिश्रले प्रश्न गरेका छन्।

उनले मलाई व्यंग्य गर्ने ‘वरिष्ठ नेता’लाई १५ प्रश्न भन्दै सांसद विकास कोष, त्रिभुवन विश्वविद्यालयको तालाबन्दी, सुशीला कार्कीविरुद्धको महाभियोग, नागरिकता विधेयक, एमसिसी, एसपिपीलगायका विषयमा १५ वटा प्रश्न सोधेका छन्।