मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २५ शनिबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाका तीन विद्यालयलाई झोला सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २५ शनिबार १४:३२:००

एसएस फाउन्डेसनले दोलखाका तीन विद्यालयलाई २९८ वटा झोला हस्तान्तरण गरेको छ। राप्रपा केन्द्रीय सदस्य सोभित उप्रेती र राप्रपाका नेता दिलविकाश राजभण्डारीले मदनदास श्रेष्ठ र दोलखा एमालेका उपाध्यक्ष राजेन्द्र मानन्धरलाई ती झोला हस्तान्तरण गरेका हुन्।

तिखतल प्रवि, त्रिपुरा सुन्दरी निमावि र तम्राकौशिक विद्यालयका विद्यार्थीलाई उक्त झोलाहरू वितरण गरिने बताइएको छ। दोलखा एमालेका उपाध्यक्ष राजेन्द्र मानन्धरको व्यवस्थापन र फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठबाट ती झोला वितरण गरिनेछ।

एसएस फाउन्डेसनले देशका विभिन्न स्थानमा सहयोग उपलब्ध गराउँदै आएको छ। फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो।