१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २४ शुक्रबार १५:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चीनमा नेपाली वैज्ञानिकलाई सवा एक करोडको अनुसन्धानवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २४ शुक्रबार १५:५१:००

चाइना एकेडेमी अफ साइन्समा कार्यरत नेपाली वैज्ञानिक/अनुसन्धाता डिबी कट्टेलले चीनको अन्तर्राष्ट्रिय उत्कृष्ट युवा वैज्ञानिकहरूका लागि अनुसन्धान कोषबाट सवा करोड नेपाली रुपैयाँबराबरको अनुसन्धानवृत्ति पाएका छन्। चीनको राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठानकाे सिफारिसका आधारमा कट्टेलले कोषबाट अनुसन्धानवृत्ति पाएका हुन्।

उनले दुई वर्षका लागि चिनियाँ मुद्रा सात लाख आरएमबी (एक करोड ३० लाख रुपैयाँभन्दा बढी) बराबरको अनुसन्धानवृत्ति पाएको जानकारी दिए। ‘मैले पेस गरेको परियोजना प्रस्तावमा चीनको राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठानबाट कठिन समीक्षा र स्क्रिनिङ प्रक्रियाहरू पार गरेपछि स्वीकृत भएको जानकारी आएको छ। यो उच्च प्रतिस्पर्धी र उच्चस्तरको कोष हो जुन रकम चीन सरकारले वैज्ञानिकहरूलाई अनुसन्धानका लागि प्रदान गर्दछ,’ कट्टेले चीनबाट नयाँ पत्रिकासँग भने।

उनले तेस्रो ध्रुव क्षेत्रहरूमा जलवायु परिवर्तनशीलता, संयन्त्र, प्रक्रियाहरू र जलवायु परिवर्तनको मूल्यांकनमा अन्तर्राष्ट्रिय अनुसन्धान सहयोगका लागि खर्च गर्ने बताएका छन्। नेपाली वैज्ञानिकले राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठान चीनबाट अहिलेसम्म प्राप्त गरेको पहिलो ठूलो रकम भएको उनको दाबी छ।