मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २४ शुक्रबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंक र डिस मिडियाबीच छुट सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २४ शुक्रबार ०६:१२:००

प्रभु बैंक लिमिटेड र डिस मिडिया नेटवर्क लिमिटेडबीच एकअर्काका ग्राहकलाई विभिन्न सेवामा थप सुविधा र छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिस मिडियाका सेल्स विभाग प्रमुख रमेश सापकोटाले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरेका ग्राहकले डिस होम टिभी र डिस होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, डिस मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहकले प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गर्दा बैंकले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको उल्लेख छ । सम्झौताबाट बैंकका निक्षेपकर्ता तथा डिस मिडियाका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।