मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७९ भदौ २४ शुक्रबार ०९:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेस कांग्रेसले ६० प्रतिशत सिट नछोड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७९ भदौ २४ शुक्रबार ०९:२१:००

नेपाली कांग्रेसको मधेस प्रदेश कार्यसमितिले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । मधेस प्रदेशमा सत्तारूढ गठबन्धनमा रहेका दलमध्ये  कांग्रेसको जनधार बढी रहेकाले ६० प्रतिशत सिट आफूहरूले नै पाउनुपर्ने निर्णय प्रदेश समितिको बिहीबार  भएको बैठकले निर्णय गरिएको मधेस  प्रदेश प्रचारप्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

बैठकले जिल्लाबाट  सिफारिस भएर आएका  सबै उम्मेदवारको नाम र सिफारिसमा नपरेका र प्रदेश कार्यालयमा  निवेदन दिएको आकांक्षी उम्मेदवारहरूको नाम  रायसहित  केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले बताए ।

आवश्यकताअनुसार प्रचारप्रसार समिति गठन गर्ने, केन्द्रद्वारा तर्जुमा गरिने घोषणापत्रमा मधेसको आर्थिक–सामाजिक रूपान्तरणका लागि मुद्दाहरू समावेश गराइने बैठकबाट निर्णय भएको छ। बैठकले स्वर्गीय नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्दै, शोकप्रस्ताव पारितसमेत गरेको थियोे ।