मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २४ शुक्रबार ०६:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल र युनिलिभरबीच च्यानल फाइनान्सिङको सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २४ शुक्रबार ०६:०९:००

नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभरका प्रबन्ध निर्देशक अमलान मुखर्जीले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा नबिलका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र एसएमई तथा लघुवित्तका प्रमुख नीरज बस्नेत (डनिल)का साथै युनिलिभरका मुख्य वितरकहरूको उपस्थिति रहेको जनाइएको छ । सम्झौता हस्ताक्षरसँगै युनिलिभरले आफ्ना तीनजना वितरकलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिसपत्र पनि हस्तान्तरण गरेको बैंकले जनाएको छ । 

यसअन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल पार्टनरका रूपमा थप व्यवसाय विस्तार गर्न चालू पँुजीमा लगानी गर्ने उद्देश्यका लागि आकर्षक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देसैभरिका शाखाबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने जनाइएको छ । यसका प्रमुख आकर्षणअन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरूलाई सामान बिक्री गरेको बिलबराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने उल्लेख छ । साथै, व्यवसायीहरूका लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई कर्जा पनि उपलब्ध हुने जनाइएको छ ।

हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बंैकसँग आबद्ध व्यवसायीहरूलाई च्यानल फाइनान्सिङ सुविधाका साथै अन्य एसएमई कर्जाहरू पनि उपलब्ध गराउने जानकारी गराएका थिए ।