१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ २४ शुक्रबार ०७:५४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्र बैंकको पहिलो गभर्नर हिमालयशमशेर राणा

अर्थ इतिहास

Read Time : < 1 मिनेट
२०७९ भदौ २४ शुक्रबार ०७:५४:००

नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक) १४ वैशाख २०१३ मा स्थापना भएको हो । राष्ट्र बैंकको पहिलो गभर्नर हिमालयशमशेर राणा हुन् । गभर्नरको कार्यअवधि पाँच वर्षको थियो । तर, उनले ४ वर्ष ८ महिना मात्र काम गरे । १ पुस २०१७ मा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि उनको जागिर पनि खोसियो र २५ माघ २०१७ मा गभर्नरबाट बाहिरिए । बहुदलीय प्रजातन्त्रमा आस्था राख्ने गरेको र त्यो कुरा दरबारलाई थाहा भएको हुँदा उनको गभर्नर पद खोसिएको थियो । यस्तै, उनले राष्ट्र बैंक स्थापना गर्ने क्रममा ९ महिनाजति गृहकार्य (प्रिपरेसन वर्क) पनि गरेका थिए ।

००७ सालको परिवर्तनपछि बनेको संयुक्त सरकारले अर्थशास्त्रमा मास्टर्स गरेका हिमालय शमशेरलाई अर्थसचिवमा नियुक्त गरेको थियो । त्योवेला अर्थमन्त्री सुवर्ण शमशेर थिए । पछि राष्ट्र बैंक खुलेपछि पहिलो गभर्नर बनेर नोटमा पहिलो हस्ताक्षर गर्ने मौका पाए । त्यसयता राष्ट्र बैंकमा महाप्रसाद अधिकारीसहित १७ गभर्नर नियुक्त भइसकेका छन् ।

उमेर ९५ वर्ष पुगिसके पनि उनी अझै उत्तिकै सक्रिय छन् । अहिलेसम्म लठ्ठी टेकेर हिँड्नुपरेको छैन । बिहान ५ बजे नै उठ्छन् । घरमा दैनिक एक्सरसाइज गर्छन् । पेन्टिङका सौखिन उनी केही वर्षअघिसम्म गोकर्णमा नियमित गल्फ खेल्न जान्थे । उनी युएनको जागिरे हुँदा विश्वका धेरै मुलुक भ्रमण गरिसकेका छन् ।