१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २३ बिहीबार ०९:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मन्त्रीसँग झोक्किँदै वर्षमानले भने- 'तपाईंको शैली मलाई राम्रो लागेन है'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २३ बिहीबार ०९:०१:००

संक्रमणकालीन न्याय

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादी उपमहासचिव वर्षमान पुन सदस्य रहेको समितिमा उपस्थित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले समयको चाप रहेकाले छिटो टुंग्याउन आग्रह गरेका थिए । समिति सभापतिले अब ११ दिन मात्रै समय रहेको भनेपछि मन्त्री बन्दीले काम गर्ने दिन पाँच दिन मात्रै बाँकी रहेको भन्दै ढिलाइ गर्नेतिर समिति लाग्न नहुनेमा ध्यानाकर्षण गराएका थिए । 

‘हामीसँग मुस्किलले काम गर्ने पाँच दिन छ । यदि हामीले यहाँबाट भोलि यो विषय टुंग्याउन सकेनौँ भने विधेयक पारित गर्न सक्दैनौँ । भोलि नै प्रतिवेदन तयार गरेर पठाउन सकिएन भने विधेयक पास गर्न कठिन हुन्छ, राष्ट्रिय सभा पनि पठाउनुछ,’ मन्त्री बन्दीले भने । 

तर, मन्त्रीको भनाइमा माओवादी उपमहासचिव पुनले असन्तुष्टि राख्दै भने, ‘हामीले समयमै सक्छौँ भन्दा पनि ध्यानाकर्षणको जरुरी छैन । हामीले पनि बुझेका छौँ । समयमै सकाउनुपर्छ । सकाउँछौँ । तपाईंभन्दा बढी हामी चिन्तित छौँ । तपाईंको काम गर्दै छौँ । यसै रूपमा लिनुपर्छ । तर, तपाईंको शैली मलाई राम्रो लागेन है ।’