मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ २३ बिहीबार ०८:०५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

स्वस्थ जीवनशैली प्रवर्द्धनमा कतार विश्वकप

फिफा विश्वकप कतार–२०२२ मा सुर्ती–चुरोटको विज्ञापनलाई प्रतिबन्ध लगाइँँदै छ

Read Time : > 2 मिनेट
२०७९ भदौ २३ बिहीबार ०८:०५:००

कतारले अब छिटै विश्व खेलकुदको ध्यान आफूतर्फ खिच्दै छ । यसै सन्दर्भमा, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र कतारको जनस्वास्थ्य मन्त्रालयले यस वर्षको फुटबल उत्सवलाई ‘विश्वको खेल’ बनाउन, स्वास्थ्य र सुरक्षाको अनुकरणीय नमुना आयोजना बनाउन अनि भविष्यमा हुने ठूला खेल प्रतियोगितासँग अहिलेको पाठ साझेदारी गर्ने प्रस्थान बिन्दु बनाउन प्रयास गरिरहेका छन् । 

यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारको दोहामा हुन गइरहेको फिफा विश्वकप हाम्रा लागि विश्वभर स्वास्थ्य प्रवद्र्धन गर्ने एवं खेलकुद र स्वास्थ्य अभिन्न कुरा हुन भन्ने सन्देश प्रवाहित गर्ने अद्वितीय मञ्च हो । खेलकुद र स्वास्थ्य अन्तरसम्बन्धित छन् अनि यी दुई मिल्दा विश्वभरका अर्बाैं मानिसहरूले ऐक्यबद्धता, कल्याण र आनन्दको उत्सवमय माहोल पाउँछन् ।

स्पोर्ट्स फर हेल्थमा हाम्रो साझेदारीका दुई मुख्य उद्देश्य छन् : पहिलो, मध्यपूर्वमा पहिलोपटक हुन लागेको फिफा विश्वकपलाई स्वस्थ र सुरक्षित बनाउन सहयोग गर्न यसका मुख्य साझेदारसँग सहकार्य गर्नु, दोस्रो– हाम्रा साझेदार र अन्य ठूला खेलकुद कार्यक्रमका आयोजकबाट पाठहरू सिक्ने र त्यसलाई साझेदारी गर्ने । 

फुटबलको माध्यमबाट विश्वव्यापी स्वास्थ्यलाई प्रवर्द्धन गर्ने अभियानको रूपमा फिफा र कतारको सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले समर्थन गरेको यो साझेदारी गत वर्षको अक्टोबरबाट सुरु भएको हो । शारीरिक स्वास्थ्य तथा कल्याणलाई थुप्रै तरिकाले प्रवर्द्धन गर्न त्यतिवेलादेखि नै हामीले नजिकको सहकार्यमा रहेर काम गरेका छौँ । यसअन्तर्गत रमजानको पवित्र महिनामा स्वास्थ्य र पोषणसम्बन्धी सचेतना प्रवद्र्धन गर्ने, जेनेभाको ‘वाक द टक : हेल्थ फर अल च्यालेन्ज’ पहलकदमीको तेस्रो संस्करणमा संलग्न हुने, विश्व धूमपानरहित दिवसको अवसरमा धूमपानबाट हुने हानिबारे सचेतना जगाउनेजस्ता कार्यक्रम सम्पन्न भएका छन् ।
शारीरिक गतिविधि, स्वस्थ आहार एवं पोषण, सूर्तीजन्य उत्पादनको नियन्त्रण, मानसिक स्वास्थ्य एवं स्वास्थ्य सुरक्षामा केन्द्रित रहेर हामीले खेलकुदको माध्यमबाट विश्वव्यापी रूपमा सबै मानिसको शारीरिक एवं मानसिक स्वास्थ्य सुधारमा कसरी सहयोग गर्न सकिन्छ भनेर मार्गनिर्देशन प्रदान गर्न काम गरिरहेका छौँ । 

तपाईं सघन व्यायाममा संलग्न हुनुहोस् वा केवल बगैँचाको गोडमेलमा, शारीरिक गतिविधिका हरेक प्रयास स्वस्थ शरीर र स्वस्थ मनका लागि लाभकारी हुन्छन्

हाम्रा उद्देश्यहरू महत्वाकांक्षी छन् र ती तीनवटा मुख्य स्तम्भमा आधारित छन् । पहिलो, सरकार र खेलकुद संस्थाहरूसँगको रणनीतिक सहकार्यमार्फत स्वास्थ्यलाई प्रवर्द्धन गर्दै फुटबल र अन्य खेलका माध्यमबाट विश्वका अर्बाैं मानिससम्म पुग्ने । दोस्रो, प्रमुख खेलकुद गतिविधिलाई प्रशंसक, खेलाडी र कर्मचारी सबैका लागि सुरक्षित बनाउने । र तेस्रो, मानिसलाई स्वस्थकर जीवनशैली छनोटका निम्ति सहयोग गर्न उनीहरूसँग जानकारी साझेदारी गर्ने । यो साझेदारीले खेलकुदको माध्यमबाट शारीरिक गतिविधिको स्वास्थ्यमा हुने लाभलाई नयाँ उपकरण विकास गरी सबै उमेरका व्यक्ति विशेष गरी युवाहरूसम्म पुर्‍याउन यस वर्षको फिफा विश्वकपलाई उपयोग गर्नेछ । साझेदारका रूपमा हामी प्राविधिक संलग्नतामार्फत शारीरिक गतिविधिहरूको महत्वलाई प्रचारप्रसार गर्न विज्ञानमा आधारित मार्गनिर्देशनहरू तयार गर्न व्यस्त छौँ ।

एउटा निष्कर्ष के निकालिएको छ भने राम्रो मानसिक स्वास्थ्यको सम्बन्ध धेरैजसो नियमित शारीरिक गतिविधिसँग जोडिने गर्छ, जसमा खेलकुद, हिँडडुल र अन्य शारीरिक गतिविधिमा सहभागी हुनेलगायत कार्य पर्छन् । खेलकुदले समावेशिता र सामुदायिक भावनालाई बढावा दिन पनि मद्दत गर्छ । तपाईं चाहे सघन व्यायाममा संलग्न हुनुहोस् वा केवल बगैँचाको गोडमेलमा, शारीरिक गतिविधिका हरेक प्रयास स्वस्थ शरीर र स्वस्थ मनका लागि लाभकारी हुन्छन् । स्वस्थकर जीवनशैलीलाई अझ बढावा दिन, हामी ठूला खेलकुद कार्यक्रममा स्वस्थकर भोजनका फाइदा उजागर गरेर पोषणको महत्वलाई जोड दिन गइरहेका छौँ । यसैगरी फिफा विश्वकप कतार–२०२२ मा रंगशालालाई धुवाँरहित भएको सुनिश्चित गर्दै छौँ, सुर्ती–चुरोटको विज्ञापनमा प्रतिबन्ध लगाउँँदै छौँ । यसले मानिसलाई यो घातक उत्पादनबाट जोगाउन मद्दत गर्नेछ । यी उपायबाट प्राप्त हुने फाइदाले भविष्यका ठूला खेल कार्यक्रममा खेल अनुयायीको स्वास्थ्य संरक्षण र संवद्र्धनमा मद्दत गर्नेछ ।

राम्रो मानसिक स्वास्थ्यको सम्बन्ध धेरैजसो नियमित शारीरिक गतिविधिसँग जोडिने गर्छ, जसमा खेलकुद, हिँडडुल र अन्य शारीरिक गतिविधि पर्छन्

अन्तमा, खेलकुदका कार्यक्रमलाई स्वास्थ्य सुरक्षाको प्रतिबद्धतामार्फत सुरक्षित राख्ने लक्ष्य यो परियोजनाको एउटा आधारभूत स्तम्भ हो । रंगशालाबाहिर र भित्रका सामूहिक भेलाका प्रोटोकलको कार्यान्वयन सुनिश्चित गर्नेदेखि संक्रामक रोगहरूको प्रकोपबाट मानिसलाई जोगाउने नियन्त्रणका उपायको परिपालनसम्ममा हामी फिफा विश्व कपजस्ता खेल कार्यक्रमलाई सकुशल राख्न र सुरक्षित बनाउन आवश्यक सबैखाले कदम सुनिश्चित गर्न साझेदारसँग काम गर्न कटिबद्ध छाैँ ।हामी सबैलाई थाहा भएकै कुरा हो, खेलकुदमा सफलताका लागि टिमवर्क अत्यावश्यक हुन्छ । स्वास्थ्यको संरक्षण र प्रवर्द्धनमा पनि यही कुरा लागू हुन्छ । हामी यस वर्षको कतारमा हुन गइरहेको फिफा विश्वकप र त्यसपछि पनि मानिसलाई स्वास्थ जीवन बिताउन मद्दत गर्न खेलको विश्वव्यापी शक्तिको सहयोग लिन निरन्तर प्रतिबद्ध छाैँ । 
– अलजजिराबाट