१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २३ बिहीबार ०७:४०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१७ पुरुष साफ च्याम्पियनसिप : भुटानविरुद्ध जितसँगै नेपाल सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २३ बिहीबार ०७:४०:००

यू–१७ पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भुटानलाई २–१ अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकाको कोलम्बोमा भएको खेलमा नेपाललाई जित दिलाउन युनेश बुढाथोकी र सिमन्त थापाले गोल गरे । पहिलो हाफमा नेपालले १–० को अग्रता बनाउँदा दोस्रो हाफमा दुवै टोलीले १–१ गोल गरेका थिए । 

पहिलो जितसँगै समूह ‘बी’बाट नेपाल सेमिफाइनलमा पुगेको छ । यता, लगातार दोस्रो हारपछि भुटान समूह चरणबाटै बाहिरिएको छ । भुटान पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । योसँगै नेपाल र भारतले एक खेलअघि नै अन्तिम चारमा स्थान बनाएका छन् । नेपाल र भारतको समान तीन अंक रहे पनि भारत गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । 

अब प्रतियोगिताको दोस्रो खेलमा नेपालले भारतसँग शुक्रबार खेल्नेछ, जुन खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ । यता, समूह ‘ए’मा लगातार दुई जितसहित बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । यस समूहबाट श्रीलंका र माल्दिभ्समध्ये एक टोली अन्तिम चारमा पुग्नेछन् ।