‘मोहब्बतें’ फिल्मबाट डेब्यु गरेका अभिनेता उदय चोपडा केही दिनअघि ट्विटका कारण चर्चामा आए । उनी पछिल्लोपटक ६ वर्ष पहिले ‘धुम ३’ मा देखिएका थिए । त्यसपछि उनले अर्काे फिल्ममा अभिनय गरेको खबर छैन ।
खासमा उदयले पछिल्लो ६ वर्षदेखि काम पाएका छैनन् । त्यही कारण उनी डिप्रेसनमा छन् । उदयको ट्विटले पूरा बलिउड र उनका फ्यानहरू छक्क परे । तर, उनले केही घन्टापछि नै ट्विट डिलिट गरे । र, केही समयपछि उनले अर्को ट्विटमार्फत जवाफ दिए । उनले पछिल्लो ट्विटमा भनेका छन्, ‘मैले हालै ट्विट गरेको थिएँ, जसका कारण मान्छे हैरान भए । तर, म पूर्ण रूपमा ठीक छु । म केही कुराको सामना गरिरहेको थिएँ, तर म ठीक छु । तपाईंहरूको प्रेमका लागि धन्यवाद !’
उनले सुरुवातको ट्विटमा लेखेका थिए, ‘मैले ट्विटर एकाउन्ट केही घन्टाका लागि डिएक्टिभेट गरेँ । यस्तो लाग्यो, म मर्नेवाला छु । यो अचम्मको महसुस थियो । मलाई लाग्छ कि आत्महत्या गर्नु सबैभन्दा राम्रो विकल्प हो । म चाँडै नै यो सोचलाई स्थायी रूपमा लागू गर्न सक्छु ।’ साथै, उनले थप लेखेका थिए, ‘म यो वाचा गर्छु कि म ठीक छैन । अहिलेसम्म त कोसिस गरिरहेको छु, तर असफल भइरहेको छु ।’