१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २१ मंगलबार १५:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिट बाँडफाँडको विषय पेचिलो बन्दै : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २१ मंगलबार १५:१७:००

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सत्तारूढ गठबन्धनभित्र प्रदेश सभा र प्रतिनिधिसभा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताएका छन्।

आगामी निर्वाचनमा तालमेल गरेर जाने विषयमा सहमति भए पनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न भन्ने प्रश्न उठ्ने गरेको उनले बताए। पार्टीनिकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले आफ्नो पार्टीले त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको बताए।

उनले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। ‘नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको हैसियत र सामर्थ्य वृद्धि गर्नका लागि तपाईंहरू सम्पूर्ण रूपमा समर्पित हुनुहोस्। पार्टी तपाईंहरूको साथमा छ। तपाईं–हामी हातेमालो गर्दै नेपाली समाजलाई रूपान्तरण गर्ने काममा जुटौँ,’ उनले भने।

सो अवसरमा अध्यक्ष नेपालले दलित समुदायमाथि अवहेलना गर्नेहरूलाई पार्टीको सदस्यता नदिने चेतावनीसमेत दिए।