मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ भदौ २१ मंगलबार ०९:०२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चितवन गोल्डकप २५ भदाैबाट सुरु हुने

Read Time : < 1 मिनेट
२०७९ भदौ २१ मंगलबार ०९:०२:००

प्रतियोगिताको विजेताले सात लाख  र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् 

चितवन गोल्डकप २५ भदाैबाट हुने भएको छ । भरतपुर फुटबल क्लबको आयोजनामा हुने चितवन गोल्डकपको तयारी धमाधम भइरहेको छ । क्लबले यसअघि भरतपुर गोल्डकपको आयोजना गरेको थियो ।  

क्लबले चितवनमा रहेका सातै स्थानीय तहलाई समेटेर चितवन गोल्डकपको आयोजना गरेको हो । जिल्लामा कोरोना महामारीपछिको यो ठूलो फुटबल प्रतियोगिता हुनेछ। 

विदेशी टिमको पनि सहभागिता
प्रतियोगितामा क्यामरुनको अफ्रिकन युनाइटेड र भारतको मोतीहारी एफसीसहित १० टिमले सहभागिता जनाउने चितवन गोल्डकप २०७९ का संयोजक ध्रुव भुसालले जानकारी दिए । उनका अनुसार आमन्त्रित अन्तर्राष्ट्रिय फुटबल टिमसहित ‘ए’ डिभिजनका क्लब त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल एपिएफले प्रतियोगितामा सहभागिता जनाउनेछन्। 

यसबाहेक प्रतियोगितामा मनाङ एफसी, नवजनजागृति युवा क्लब सिमरा, मकवानपुर–१ १, बागमती नगरपालिका, फर्साटिकर एफसी र आयोजक भरतपुर फुटबल क्लबको सहभागिता रहनेछ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । गोल्डकपको उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र मोतीहारी एफसी भिड्नेछन् ।

३ असाेजसम्म चल्ने प्रतियोगिताको विजेताले सात लाख  र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यो पुरस्कार राशि चितवनको फुटबल प्रतियोगिताको सर्वाधिक धनराशि हो । 

प्रतियोगितामा विभिन्न विधामा विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक भुसालले जानकारी दिए। प्रतियोगिता नारायणगढको क्याम्पाचौरमा हुनेछ । अहिले मैदान सम्याउने र चार हजारजना क्षमताको प्याराफिट निर्माणलगायतको काम भइरहेको छ । इसुजु नेपाल चितवन गोल्डकपको मुख्य प्रायोजक रहेको छ । 

प्रतियोगिता हेर्न सेमिफाइनलअघि एक सय र सेमिफाइनलछि दुई सय रुपैयाँको टिकट व्यवस्था गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न ७० लाख खर्च हुने अनुमान गरिएको छ ।