मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ २० सोमबार १८:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने 

Read Time : < 1 मिनेट
२०७९ भदौ २० सोमबार १८:४५:००

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो। 

दसैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ। उक्त कन्सर्टमा दी एज ब्यान्ड, नितेशजङ कुँवर, बर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान, दी एलिमेन्ट्स ब्यान्डलगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्। 

कार्यक्रममा बोल्दै पार्टी नेपालका श्री गुरुङले सांगीतिक कार्यक्रमले युवा वर्गमा दसैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौँदेखि थलिएको इभेन्ट म्यानेजमेन्ड व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको छ। उनले दसैँ महोत्सवको टिकटक प्रतिस्पर्धासमेत राखिएको र यसमा उत्कृष्ट १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेस्टुरेन्टमा डिनर प्याकेज, भिआइपी एक्सेसलगायत पुरस्कारहरू प्रदान गरिने बताए। 

कन्सर्टको आयोजना पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेन्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो। कन्सर्टमा २० हजारभन्दा बढी दर्शक उपस्थित हने आयोजकले अपेक्षा राखेको छ।