मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ भदौ २० सोमबार १३:४४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

गोंगबु क्षेत्रको अनधिकृत संरचनामा महानगरको डोजर (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ भदौ २० सोमबार १३:४४:००

काठमाडौं महानगरपालिकाले सोमबार गोंगबुस्थित बसपार्क क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाएको छ। अहिले महानगरले मित्रनगर क्षेत्रका अनधिकृत संरचनामा डोजर चलाइरहेको छ।

आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरको टोली आज गोंगबुस्थित नयाँ बसपार्क क्षेत्र पुगेको हो। अनधिकृत संरचनामा डोजर चलाएको हेर्ने मानिसको भिड अत्यधिक बढेपछि नगर प्रहरी र प्रहरीको सहयोगमा भिडलाई हटाइएको छ। डोजरसहित महानगरका प्रतिनिधि पुगेपछि केही व्यापारी आफैँले अनधिकृत संरचना हटाएका छन्।