मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
रासस काठमाडौं
२०७९ भदौ २० सोमबार १२:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जलवायु संकटकाल घोषणा गरेर विश्वको ध्यानाकर्षण गराउँछौँ : मन्त्री यादव

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०७९ भदौ २० सोमबार १२:५३:००

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी भइरहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु संकटकाल घोषणा गर्ने तयारी भइरहेको बताएका हुन्।

उनले भने, ‘जलवायु परिवर्तनका असर सबैतिर देखिने गरी पर्न थालेको छ। नेपालका हिमाल, कृषि, पानीका स्रोतलगायतका क्षेत्रमा जलवायु परिवर्तनको असर परिरहेको छ। नेपालमा जलवायु संककालको घोषणा गरी विश्वको ध्यानाकर्षण गर्नुपर्ने वेला भएको छ। हामी यसको तयारीमा छौँ।’ यसैगरी मन्त्री यादवले उक्त विषयमा सबै सरोकारवाला निकाय र विज्ञसँग छलफल गरेर नेपाल जलवायु संकटमा पुगेको घोषणा गरिने जानकारी पनि दिए।

उनले संकटकाल घोषणाका लागि मन्त्रालयले यसको ‘मोडालिटी’ खोज्ने तयारी थालेको पनि बताए। उनले भने, ‘जलवायु संकटकाल र जलवायु संकट घोषणा गरिरहँदा तथ्यमा आधारित प्रमाण चाहिने भएकाले सोहीअनुसार हामी आगाडि बढिरहेका छौँ।’

जलवायु परिवर्तन भइरहेको र यसका कारण उत्पन्न समस्या एवं असरबारे सबै जानकार नै रहे पनि जलवायु संकट तथा संकटकाल घोषणा गर्न के–कसरी मिल्छ भन्ने सम्बन्धमा अध्ययन भइरहेको उनको भनाइ थियो। उनले यसै विषयमा केन्द्रित रहेर मन्त्रालयले गृहकार्य थालेको जानकारी दिएका छन्।