Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २० सोमबार ०६:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईले चितवनका दुग्ध उत्पादकलाई कृषि अनुदान कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २० सोमबार ०६:५९:००

ग्लोबल आइएमई बैंक लिमिटेडले चितवनको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका सदस्य दुग्ध उत्पादकलाई कृषि अनुदान कर्जा दिने भएको छ । यसका लागि बैंक र सहकारीबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने उद्देश्यको समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेको जनाइएको छ । समझदारीअनुसार बैंकले भण्डारालगायत चितवन जिल्लाका विभिन्न स्थानमा उन्नत जातका गाई तथा भैँसीपालन गरी दूध तथा दुग्धजन्य वस्तुहरू उत्पादन गर्ने कृषकलाई सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उल्लेख छ । त्यस्तै, सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानलाई आवश्यक तालिमको व्यवस्था गर्ने जनाइएको छ । 

उक्त अवसरमा बैंकले स्थानीय किसानलाई डिजिटल बैंकिङ सेवाका बारेमा वित्तीय साक्षरतासम्बन्धी चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको जनाइएको छ । कार्यक्रममा तीन सयभन्दा बढी स्थानीयको उपस्थिति रहेको उल्लेख छ । बैंकले देशका ७७ वटै जिल्लामा दुई सय ८९ शाखा, दुई सय ७२ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।