१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ भदौ २० सोमबार ०८:१९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कस्तो छ स्वास्थ्यमन्त्री र सचिवको स्वास्थ्य ?

Read Time : > 1 मिनेट
२०७९ भदौ २० सोमबार ०८:१९:००

‘देशको स्वास्थ्य प्रणाली कहिले सुध्रन्छ ? सरकारी अस्पतालहरू कहिलेदेखि व्यवस्थित हुन्छन् ?’ स्वास्थ्यमन्त्री र स्वास्थ्यसचिवलाई धेरैले सोध्ने प्रश्न यस्तै हुन्छन् । जनस्वास्थ्य सुधारको नेतृत्व गरिरहेका उनीहरूको आफ्नो स्वास्थ्य भने कस्तो छ त ? नयाँ पत्रिकाले उनीहरूलाई सोधेको छ–  कत्तिको आराम गर्न पाउनुभएको छ ? स्वास्थ्य कस्तो छ ?

सुगरको औषधि खाइरहेको छु
 भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री

मलाई सधैँ ५ बजे निद्राले छोड्छ ।  बिहानको समाचार रेडियोमा सुन्छु र त्यसपछि मात्रै उठ्छु । उठेर कम्तीमा पनि ३० मिनेट योगा गर्छु । योगा गर्ने मेरो पुरानो बानी हो । व्यायामपछि फिक्का चिया लिने गरेको छु । झन्डै एक लिटरजति फिक्का चिया र त्यससँगै दुईवटा बिस्कुट खान्छु । त्यसपछि पत्रपत्रिका पढ्ने गर्छु । बिहानै साथीहरू घरमा आइपुग्नुहुन्छ, उहाँहरूसँग भेट गर्छु । 

बिहान ९ देखि १० बजेको अवधिमा खाना खान्छु । मधुमेहको बिरामी भएकाले खानापछि नियमित रूपमा मधुमेहको औषधि भने सेवन गर्छु । अहिलेसम्म अन्य कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन । अहिले मन्त्री भएकाले नियमित रूपमा मन्त्रालय जानुप¥यो, त्यसैले व्यस्तता केही बढेको छ । समय कहिलेकाहीँ समय हेरफेर हुन्छ । दिउँसो पनि सकेसम्म मन्त्रालयमै खाजा खाने गरेको छु । बेलुका ८ देखि ९ बजेको बिचमा खाना खाने गरेको छु । सामान्यतया म १० बजे सुत्छु । ओछ्यानमा पल्टनासाथ निद्रा लागिहाल्छ । 

दिउँसो पनि सकेसम्म मन्त्रालयमै खाजा खाने गरेको छु । बेलुका ८ देखि ९ बजेको बीचमा खाना खाने गरेको छु । सामान्यतया म १० बजे सुत्छु । ओछ्यानमा पल्टनासाथ निद्रा लागिहाल्छ । 

१० किलो तौल घटाउने प्रयासमा छु
 डा. रोशन पोखरेल सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

बिहानै उठ्ने गरेको छु । उठेर दुई गिलास सादा पानी खान्छु र हल्का शारीरिक व्यायाम गर्छु । जति हतार भए पनि बिहान एकपटक इमेल हेर्छु । आफैँले जवाफ दिनुपर्ने भएको खण्डमा जवाफ पठाउँछु । सात साढे सात बजेसम्म नुहाइसक्छु । ८ देखि साढे ८ भित्र खाना खाएर ९ बजे अफिस आउँछु । यो सामान्य अवस्थामा हो । तर, आवश्यकता परेको खण्डमा बिहान चाँडै पनि निस्कन्छु । अहिले मेरो दिनमा ६ हजार पाइला पनि हिँडाइ छैन । करिब तीन हजार पाइला हिँडेको हुन्छु । यो भनेको धेरै कम हो । यसले शरीरमा मोटोपना बढाउँछ । 

अहिले मेरो शरीरको वजन आवश्यकभन्दा १० किलो बढी छ, घटाउने प्रयासमा छु । तर, तनाव र शारीरिक व्यायाम नहुँदा तत्काल घटाउन सक्ने सम्भावना देखिएको छैन । फेरि मैले मधुमेहको औषधि बिहान–बेलुका सेवन गरिरहेको हुन्छु । यसबाहेक अन्य कुनै रोगको औषधि सेवन गरेको छैन । सकेसम्म दिउँसो अफिसमै तयार पारेको खाजा खाने गरेको छु । विगतमा चाउमिन, मःम खाने गरेकोमा अहिले त्यसलाई परिवर्तन गरेर  दहिचिउरा, काँक्रो, गाँजर, फलफूल खान थालेको छु । चिया धेरै खाने बानी छ, बिस्तारै दूधचियाको साटो कालो चियाको बानी पर्ने प्रयास गरिरहेको छु ।  

उमेरले ५० वर्षनजिक हुँदै गर्दा खानपानमा अब विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ । बिहान एक छाक भात खान्छु, बेलुकी हल्का फलफूल र सलाद मात्रै लिन्छु । मिठो निद्रा पर्दैन । सायद तनावले गर्दा निद्रा बिग्रिएको होला ।