मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ भदौ १९ आइतबार १८:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सँगै बाँच्ने कसम थियो, चट्याङले चुँडेर लग्यो

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ भदौ १९ आइतबार १८:५६:००

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ का दीपक राना र मन्त्रा रानाले परिवारको सहमतिमा जीवन सँगै बिताउने कसम खाए। दुवै परिवारका सदस्य भेला भए र मगनी सम्पन्न गरे। 

परिवारका सदस्य विवाहको तयारीमा थिए। दीपक र मन्त्रा दिनहुँ भेट्न थाले। सँगसँगै हिँड्न थाले। सँगै सपना बुन्न थाले। 

तर, उनीहरूको सपनामा आज दिउँसो बज्रपात भयो। दिउँसो अचानक आएको वर्षासँगैको चट्याङ लागेर दुवैको ज्यान गयो। 

‘दुवैजना खोलामा माछा मार्न गएका रहेछन्। एक्कासि आएको चट्याङ लागेर दुवै लडेछन्,’ कृष्णपुर नगरकी उपप्रमुख द्रोपती रानाले नयाँ पत्रिकासँग भनिन्, ‘अस्पताल पुर्याउँदा दुवैको ज्यान गइसकेको रहेछ।’ 

नयाँ सम्बन्ध जोडिने खुसीमा रहेको राना परिवारका लागि यो घटना अकल्पनीय भइदियो। दुवै परिवार शोकमा डुबेको छ। परिवार मात्र होइन, छरछिमेकसमेत शोकमा परेका छन्।