१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १९ आइतबार १३:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रञ्जन कोइरालाको मुद्दा फैसलाको आधारमा महाभियोग लगाएको भए सहन्छु : जबरा (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १९ आइतबार १३:२६:००

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्कालीन डिआइजी रञ्जन कोइरालाको मुद्दा फैसलामा गल्ती भएको स्विकारेका छन्। आइतबार महाभियोग सिफारिस समितिमा बयानका क्रममा उनले उक्त मुद्दामा गल्ती भएको स्वीकार गरेका हुन्।

कसुरदारका नाबालक छोराहरू इजलासमा उपस्थित भएकाले उनीहरूको पालनपोषणका लागि सजाय कम गरिएको जबराको जवाफ थियो। उक्त मुद्दामा गल्ती भएको स्वीकार गर्दै उनले त्यसैका आधारमा महाभियोग लगाएको भए सहन तयार रहेको बताए।

‘न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ। तत्कालीन मुलुकी ऐनले त्यो अधिकार दिएको छ। यो पारिवारिक मुद्दा हो। नाबालकका छोराहरु इजलासमा उपस्थित भए। आठ वर्ष ६ महिना कैदमै बसेका थिए। न्यायाधीशले मिसिल हेरेर, विवेक प्रयोग गरेको हो नाबालकहरूको पालन पोषणका लागि,’ उनले भने, ‘त्यसमा गल्ती भएको छ विवेक प्रयोग गर्दा। यदि त्यसैको आधारमा महाभियोग लगाएको हो भने सहन तयार छु।’

जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजाय पाएका कोइरालाको जन्मकैदको सजाय घटाएर साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको थियो।