मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ भदौ १८ शनिबार १८:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले क्षणिक लाभ लिने कुरा मात्रै सोचेको छ : मदनकृष्ण श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ भदौ १८ शनिबार १८:१७:००

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धेरै आम्दानी हुने र पैसा पाइहाल्ने काममा मात्रै सरकारले सोच्ने गरेको भन्दै दुःख व्यक्त गरे। शुक्रबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए।

उनले गाडीमा भन्सार लिनुलाई नै सरकारले आम्दानी देखिरहेको बताए। उनले सरकारले देशको भविष्य सोचेर पेट्रोल र डिजेलमा बिदेसिएको लाखौँ रुपैयाँ रोक्न सक्नुपर्ने बताए।

'विद्युतीय भेइकल बढाउने र डिजेल, पेट्रोल डिस्करेज हुँदै गए खर्बौं रुपैयाँ जोगिन्छ। गाडीमा भन्सार लिनुलाई नै सरकारले आम्दानी देखिरहेको छ तर खल्ती प्वाल परेको छ, सबै विदेश जान्छ। आम्दानी नआए पनि नेपालको खर्च रोक्न सके धेरै राम्रो हुन्छ,' उनले भने, 'विद्युतीय गाडी सबैतिर चल्ने नियम बनोस्। आम्दानी हुने र पैसा पाइहाल्ने भन्नेतिर मात्रै सरकारको सोच देखिन्छ। सरकारले भविष्य सोचोस्। इलेक्ट्रिकमा डाइभर्ट गरोस्। विद्युतीय चुल्होमा खाना पाकोस्।’