मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १८ शनिबार १७:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थतन्त्र सहज बन्दै गइरहेको छ : गभर्नर अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १८ शनिबार १७:०८:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्।

यद्यपि, जोखिम कायमै रहेकाले सजकता अपनाउन पनि उनले सचेत गराए। सहजता देखिएको भनेर अहिल्यै धेरै वस्तुहरूको आयातमा वृद्धि गर्न नमिल्ने उनको भनाइ छ।

‘मुलुकको अर्थतन्त्रमा थप सहजता फिल गरिराखेका छौँ। तर, त्यो सहजतामा हामीले त्यत्तिकै सजकता अपनाउनुपर्ने हुन्छ। हामीले अलिकति सहज भयो भन्दैमा धेरै नै आयात गर्न थाल्यौँ भने हामीलाई त्यही प्रेसर दोहोरिँदैन भन्ने होइन। सहजता सँगसँगै असजकता पनि हाम्रो लागि आवश्यक विषय छ। यस अर्थमा सकारात्मक कुराहरू आइराखेका छन्। पर्यटक गत वर्षभन्दा पछिल्लो ६ महिनामा दोब्बर आएका छन्। केही वस्तुहरूको निर्यात बढेर गएका छन्,’ उनले भने।

केही वस्तुहरूको निर्यातको राम्रो सम्भावना देखिनु, पर्यटक गतवर्षको भन्दा पछिल्लो ६ महिनामा दोब्बरले वृद्धि हुनु मुलुकको अर्थतन्त्र सुधारको बाटोमा गएको प्रमाणको रूपमा लिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले रेमिट्यान्समा समेत सुधार देखिँदै आएको बताए। उनले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने खाँचोसमेत औँल्याए।