मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ १७ शुक्रबार १२:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोरखा १ बाट अध्यक्ष प्रचण्ड र २ बाट उपाध्यक्ष श्रेष्ठको नाम सिफारिस

Read Time : < 1 मिनेट
२०७९ भदौ १७ शुक्रबार १२:४७:००

माओवादी केन्द्र गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) को नाम सिफारिस गरेको छ।

प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेको गोरखामा माओवादीले प्रस्तावित उम्मेदवारको नाम टुंगो लगाएर सिफारिस गर्ने निर्णय गरेको हो। गोरखा १ बाट अध्यक्ष दाहालसहित प्रत्यक्षतर्फ तीनजना र २ बाट श्रेष्ठसहित चारजनाको नाम सिफारिस गरिएको छ। प्रत्यक्षतर्फ क्षेत्र १ मा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’सहित केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेत्री सुशीला सिङ्खडाको नाम सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।

त्यस्तै, क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा केन्द्रीय सदस्य लेखबहादुर थापा मगर, अमरबहादुर गुरुङ र परशुराम रम्तेलको नाम सिफारिस भएको छ भने १ ‘ख’ मा केन्द्रीय सदस्य कृष्ण धिताल, गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनाल र गण्डकी प्रदेश समितिका सदस्य ध्र्व भट्टको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर २ मा पार्टी उपाध्यक्ष श्रेष्ठसहित केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चुडामणी खड्का र लेखनाथ न्यौपानेको नाम सिफारिस गरिएको छ।  क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘क’ मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्की र प्रदेश समिति सदस्य धना तमु तथा प्रदेश क्षेत्र ‘ख’ मा केन्द्रीय सदस्य भगवती तिवारी, माओवादी केन्द्र बारपाक सुलिकोट अध्यक्ष नरबहादुर गुरुङ र बासु पोखरेलको नाम सिफारिस गरिएको माओवादी केन्द्र गोरखाले जनाएको छ।