मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
Invalid date format ११:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी कर्णाली प्रदेश सभा दलको प्रमुख सचेतकमा शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o२:oo

माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलको प्रमुख सचेतकमा प्रदेश सभा सदस्य गोपाल शर्मा चयन भएका छन्।  यसअघिका प्रमुख सचेतक कृष्णा शाह प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको प्रमुख सचेतकको पदमा प्रदेश सभा सदस्य शर्मालाई जिम्मेवारी दिइएको हो ।

माओवादी केन्द्र प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी दिए । (नेकपा) विभाजनपश्चात् माओवादी प्रदेश सभा दलको प्रमुख सचेतकमा सीता नेपाली, ठम्मर विष्ट र कृष्णा शाह नियुक्त भइसकेका छन् भने अहिले शर्मा प्रमुख सचेतक बनेका छन् । 

शर्मा र नेपाली दुवै निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।  विष्टले माओवादी प्रदेश सभा सदस्य तथा प्रमुख सचेतकबाट राजीनामा दिएर नेकपा (एमाले)मा प्रवेश गरेपछि शाहले प्रमुख सचेतकको जिम्मेवारी पाएका थिए ।