१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १७ शुक्रबार १०:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिआरसी विधेयकमा १६ संशोधन पर्‍यो, एमालेको मात्रै  १३ वटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १७ शुक्रबार १०:२५:००

प्रतिनिधिसभामा प्रस्तुत बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमा १६ वटा संशोधन परेका छन् । मानव अधिकारको उल्लंघनको परिभाषा, गम्भीर अपराधमा मेलमिलापबाट उन्मुक्ति, विशेष अदालतको फैसलामा पुनरावेदन नलाग्ने विषयमा मुख्यगरी संशोधनको प्रस्ताव दर्ता भएको छ । 

संसद् सचिवालयका अनुसार एमालेबाट खगराज अधिकारी, तीर्था गौतम, बिनाकुमारी श्रेष्ठ, शिवमाया तुम्वाहाङ्फे, विद्या भट्टराई, कुमारी तुलसी थापा, पदम गिरी, कृष्णभक्त पोखरेल, नारायणप्रसाद खतिवडा, विन्दा पाण्डे, शान्तिमाया तामाङ पाख्रिनले संशोधन प्रस्ताव पेस गरेका छन् । 

त्यस्तै, माओवादी केन्द्रबाट अमृता थापा, यशोदा सुवेदी गुरुङ, दुर्गाकुमारी विश्वकर्माले संशोधन हालेका छन् । नेमिकपाका प्रेम सुवालले छुट्टै संशोधन हालेका छन् । विधेयकमा छलफलका लागि दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव गर्नेछन् । 

आजको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार वर्षदेखि विचाराधीन नेपाल मिडिया काउन्सिल विधेयक पेस गरेर सैद्धान्तिक छलफलमा लैजाने सम्भावित कार्यसूची छ ।