१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १७ शुक्रबार ०७:००:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बलात्कारका आरोपीलाई छाड्ने उच्चको आदेश, पीडितद्वारा अदालतमै आत्महत्याको धम्की 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १७ शुक्रबार ०७:००:००

जबर्जस्ती करणी मुद्दाका आरोपीलाई उच्च अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि पीडितले अदालतमै आत्महत्याको धम्की दिएकी छिन् । आफूमाथि अन्याय भएको भन्दै बिहीबार पाटन उच्च अदालतमा पीडितले यस्तो धम्की दिएकी हुन् ।

जिल्ला अदालतको आदेशले थुनामा रहेका दिवाकर रिजाललाई बिहीबार उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको इजलासले धरौटीमा छाड्ने आदेश दिएको होे । आदेश आएलगत्तै पीडित अदालतमा बेहोस भएकी थिइन् । अदालतमै मर्ने भन्दै बेलुका अबेरसम्म उनी अदालतमै बसिन् । 

४ जेठमा आफूमाथि रिजालले बलात्कार गरेको पीडितको जाहेरी छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले आरोपी रिजाललाई पक्राउ गरी मुद्दा दायर गरेकोमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध उनी उच्च अदालत गएकोमा उच्चले गम्भीर मुद्दामा छाड्ने आदेश दिएको हो । यो आदेशले आफूमाथि ठूलो अन्याय भएको पीडितले बताइन् । ‘अब म बाँच्नुको अर्थ रहेन,’ उनले नयाँ पत्रिकासँग रुँदै भनिन्, ‘एक एकल महिला हुँ, उनले मेरो अस्मिता लुटे, अदालतले उनलाई छाडेपछि म अब कहाँ जाने ?’ 

पीडितका अनुसार रिजाल पेसाले लेखापढी व्यवसायी हुन् । जग्गाको कित्ताकाटलगायत काममा रिजालसँग उनको चिनजान भएको थियो । त्यही क्रममा आफ्नो घरमा आएका वेला उनले बलात्कार गरेको उनको उजुरी छ । आफ्नो नागरिकतासमेत दुरुपयोग गरी आफ्नो नाममा सिमकार्ड निकालेर तथा अस्पतालमा रहेको भनेर नक्कली प्रमाण अदालतमा पेस गरिएको पीडितको दाबी छ ।