१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १७ शुक्रबार ०६:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १७ शुक्रबार ०६:०३:००

नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । मूल्यवृद्धिपछि डिजेलको भाउ प्रतिलिटर एक सय ७८ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय लगातार तीनपटक मूल्य घटेर आउँदा गत आर्थिक वर्षको घाटालाई देखाएर नेपाली बजारमा मूल्य समायोजन गर्न नमानेको आयल निगमले बिहीबार दिउँसो नयाँ मूल्य पाउनासाथ मूल्य बढाएको हो । आइओसीले बिहीबार दिउँसो पठाएको नयाँ मूल्यअनुसार पेट्रोल १.३९ रुपैयाँ, डिजेल ६.१२ रुपैयाँ र हवाई इन्धन ८.०१ रुपैयाँ बढेर आएको थियो ।

त्यसपछि निगम सञ्चालक समितिको साँझ बैठक बसी मूल्य बढाउने निर्णय भएको हो । दसैँको मुखमा डिजेलको मूल्य बढ्दा सार्वजनिक यातायात र ढुवानीका साधनको भाडादर बढ्ने निश्चित भएको छ । मूल्यवृद्धिपछि पनि निगमलाई अझै पाक्षिक रूपमा ३० करोड ५२ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ ।