१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १६ बिहीबार १३:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सकियो महाभियोग सिफारिस समितिको बैठक, दुईवटा प्रश्नको मात्रै बयान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १६ बिहीबार १३:४२:००

महाभियोग सिफारिस समितिको बैठक सकिएको छ । ११ बजे सिंहदरबारमा बसेको दोस्रो  दिनकाे बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सोधिएको दुईवटा प्रश्नको मात्रै बयान दिएका छन् ।

बाँकी बयानका लागि सिफारिस समितिले १९ गते ११ बजेका लागि बैठक बोलाएको छ । महाभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ। जसमध्ये दुई दिनको बैठकमा ६ वटा प्रश्नको जवाफ दिएका छन्  । 

बैठक पछि पत्रकारलाई जानकारी दिँदै सांसद मिन विश्वकर्माले पाँच नम्बर र ६ नम्बरको प्रश्न अलि लामो र व्याख्यात्मक भएको र  त्यसको जवाफ पनि लामै भएकाले दुई वटा मात्रै प्रश्न सोधिएको बताए । उनले जबराले समितिमाथि नै प्रतिप्रश्न गरेको बताए ।