१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गगन अयडी बाजुरा
२०७९ भदौ १६ बिहीबार ११:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुराको सेलाघाटका बाढीपीडितले २५ दिनपछि पाए ३० केजी चामल

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ भदौ १६ बिहीबार ११:१७:००

बाजुराको बडिमालिका नगरपालिका– ९ सेलाघाटका बाढीपीडित ३० परिवारले राहतस्वरूप २५ दिनपछि ३० केजी चामल पाएका छन्। बडिमालिका नगरपालिकाले पीडित परिवारलाई राहतस्वरूप प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाललगायत अन्य खाद्यसामग्री वितरण गरेको छ । 

यता बाढीपीडित परिवारले  बाढीपहिरोबाट घरजग्गा क्षति भएको छ, ३० केजी चामल दुई केजी दालले गुजारा नचल्ने भन्दै गुनासो गरेका छन् । 

नगरप्रमुख अमरबहादुर खड्कालगायतको टोलीले राहत वितरण गरेको हो । बाढीपीडित परिवारको अन्य क्षतिपूर्तिका लागि नगरपालिकाले उपल्लो निकायसँग समन्वय गरी थप राहत उपलब्ध गराउने नगरप्रमुख खड्काले आश्वासन दिएका छन् ।