१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १५ बुधबार १७:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली ४ बाट कांग्रेसका नैनसिंह महर उम्मेदवार सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १५ बुधबार १७:५६:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली- ४ बाट उम्मेदवार सिफारिस गरिएको छ। पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय समिति क्षेत्र नं ४ को बुधबार बसेको बैठकले महरलाई सिफारिस गरेको हो।

बैठकले उनीसहित सुनीलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ का लागि सिफारिस गरेको छ।

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका यही निर्वाचन क्षेत्रमा पर्छ। पूर्वमाओवादीका सुदूरपश्चिम इन्चार्ज तथा हाल एमाले केन्द्रीय कमिटीका सचिव लेखराज भट्टले २०६४ र २०७४ मा प्रत्यक्षतर्फ यहाँबाट चुनाव जितेका थिए भने २०७० मा कांग्रेस नेता दीर्घराज भाट विजयी भएका थिए।

नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका युवा नेता महरलाई कांग्रेस र माओवादीका शीर्ष नेताहरूको सहमतिमा क्षेत्रीय समितिले सिफारिस गरेको स्रोतले बताएको छ। पूर्वमन्त्रीसमेत रहेका लेखराज भट्टलाई विजयी गराउन सुदूरपश्चिमका १६ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एमाले अध्यक्ष केपी ओलीले यो क्षेत्रलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्।