१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार १४:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

'हतियार नबिसाएसम्म नेकपासँग वार्ताको कल्पना पनि गर्न सकिँदैन' 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार १४:३९:००

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हतियार बिसाएर आएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले वार्ता गर्ने दोहोर्याएका छन् । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले बमसँगै राखेर चन्द नेतृत्वको नेकपासँग वार्ताको कल्पना गर्न नसकिने स्पष्ट पारे । नेपाल प्रेस इन्स्टिच्यूटले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बम, बारुद बोकेर आतंक फैल्याइरहेको चन्द नेतृत्वको नेकपाको पक्षमा समाचार सम्प्रेषण गरिएको भन्दै संचार माध्यामहरुप्रति आक्रोश व्यक्त गरे ।

मन्त्री बास्कोटाले राष्ट्रिय हितमा केन्द्रित भएर मर्यादित पत्रकारिता गर्न पनि सबै संचार माध्यामलाई सचेत गराए । मन्त्री बास्कोटाले संचार माध्यामहरुले स्वतन्त्रताको उपयोग गर्ने नाममा अराजकता फैल्याउने गतिविधिलाई प्राथमिकता दिन नहुने स्पष्ट पारे ।