मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार १३:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कर्मचारीको तलबभत्तामा मात्रै ९५ प्रतिशत बजेट सकिन्छ : उपप्रधानमन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार १३:३१:००

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्यमा कुल बजेटको ४।४ प्रतिशत मात्र छुट्याइएको उल्लेख गर्दैे करिव ९५ प्रतिशत कर्मचारीको तलब भत्तामा मात्रै खर्च हुने भएकाले पूर्वाधार विकासमा अपेक्षित काम हुन नसकेको बताए ।  

तर पनि उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उनले निर्देशन दिएका छन् । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आइतबार एमआरआई सेवाको उद्घाटन गर्दै उनले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताए ।

वर्षौंअघिको भौतिक पूर्वाधार एवम् जनशक्तिले अहिलेको माग धान्न नसक्ने भएकाले मागअनुरुपको उचित व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै उनले भने, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यस क्षेत्रको मात्र नभई राष्ट्रकै गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्नुपर्छ। 

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिबहादुर थापाले प्रतिष्ठानले गुणस्तरीय चिकित्सा शिक्षा एवम् स्वास्थ्य सेवाका लागि पूर्वाधार विकास लगायतका कामलाई प्राथमिकताका साथ अघि बढाएको बताए । - रासस