मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट
२०७५ चैत १० आइतबार १३:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

निर्मला पन्त प्रकरण : तत्कालिन एसपी विष्टसँग साढे १० लाख धरौटी माग

Read Time : < 1 मिनेट
मोहन विष्ट
२०७५ चैत १० आइतबार १३:२०:००

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणका अभियुक्त  तत्कालिन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख धरौटी तोकिएको छ । आइतबार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजालासले विष्टलाई सो धरौटी निर्धारण गरेको हो । 

यातनाविरुद्धको मुद्दामा साढे चार लाख र सार्वजनिक न्याय बिरुद्धको कसुरमा ६ लाख धरौटी आजै ४ बजे भित्र बुझाउनु पर्ने गरी विष्टमाथि सुनुवाई गरिएको हो । 

तत्कालीन एसपी विष्टसहित आठैजनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीमा मुद्दा दायर गरेकी थिइन् । यस्तै, एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्काविरुद्ध दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले यातना कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए । 

अभियोग लागेका ६ जना यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।