मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ भदौ १४ मंगलबार ११:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पश्चिम नवलपरासीमा बसमा आगलागी

Read Time : < 1 मिनेट
२०७९ भदौ १४ मंगलबार ११:४३:००

पश्चिम नवलपरासीमा गएराति एक बसमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सरावल गाउँपालिका– २ मगरमुढामा युवराज चौधरीको घरदेखि २५ मिटर पर दक्षिण बाटोमा पार्किङ गरी राखेको लु.१ख ६६५४ नम्बरको बसमा अचानक आगलागी भएको हो।

आगलागीबाट बसको भित्री भाग, सिट र सिसा पूर्ण रूपमा नष्ट भएको छ। बिहान सवा ३ बजेतिर मात्र बसको आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए।