मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १४ मंगलबार १०:३४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वृद्धि प्रोत्साहनमा १० खर्ब युआन सञ्चित गर्दै चीन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १४ मंगलबार १०:३४:००

यसअघि नै जुनको अन्त्यतामा चीनले तीन खर्ब युआनको प्याकेज घोषणा गरिसकेको छ

चीनले आर्थिक वृद्धिलाई प्रोत्साहित गर्न १० खर्ब युआन (एक खर्ब ४६ अर्ब डलर) पूर्वाधार क्षेत्रमा खर्च गर्ने भएको छ । तर, पटक–पटकको कोभिड–१९ महामारी र त्यसले निम्त्याएको आर्थिक मन्दीले बेहोर्नुपरेको क्षतिविरुद्ध खरो उत्रिन उल्लिखित रकम पर्याप्त नहुने बताइएको छ ।

चीन सरकारले हालै मात्रै १९ बुँदे नीति प्याकेजको खाका सार्वजनिक गरेको छ । यसमा चीनको स्टेट पोलिसी बैंकले पूर्वाधार क्षेत्रमा तीन खर्ब युआन लगानी गर्नेलगायतका विषय समाविष्ट छन् । चीनले यसअघि नै जुनको अन्त्यताका तीन खर्ब युआनको प्याकेज घोषणा गरिसकेको छ । साथै, स्थानीय सरकारहरूले पहिले उपयोग नगरेको पाँच खर्ब युआनबराबरको विशेष कोटा पनि उपयोग गर्न पाउने व्यवस्था काउन्सिलले गरेको छ । 

प्रधानमन्त्री ली खछियाङको अध्यक्षतामा बसेको स्टेट काउन्सिलको बैठकले समयमै र निर्णायक ढंगले उचित नीति लागू गर्न उपलब्ध सबै उपकरणको उपयोग गर्ने वाचा गरेको सरकारनियन्त्रित प्रसारण संस्था सिसिटिभीले जनाएको छ । साथै, स्टेट काउन्सिलले अर्थतन्त्र उद्धारमा अहिले नै सबै नीति उपायहरू खर्च गरेर नसिध्याउने, पछिका लागि पनि जोगाएर राख्ने भनेको छ ।

चीनको कोभिडप्रतिको शून्य सहनशीलता र घरजग्गा व्यवसायको क्षेत्रमा आएको सुस्तीका कारण यो वर्ष चीनले ५.५ प्रतिशत वृद्धिको लक्ष्य राखेको थियो । अर्थशास्त्रीहरूले भने यो वर्ष चीनको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कम रहने प्रक्षेपण गरेको ब्लुमबर्गमा उल्लेख छ ।

चीन सरकारले हालै मात्रै १९ बुँदे नीति प्याकेजको खाका सार्वजनिक गरेको छ । जसमा चीनको स्टेट पोलिसी बैंकले पूर्वाधार क्षेत्रमा तीन खर्ब युआन लगानी गर्नेलगायतका विषय समाविष्ट छन् ।

मेगीसमेतका अर्थशास्त्रीहरूको समूहले पेस गरेको रिपोर्टमा चीनको यो नयाँ कदमले मात्रै सरकारी राजस्वमा देखिएको संकुचन कम गर्न र केही हदसम्म पूर्वाधार क्षेत्रमा लगानी वृद्धिलाई सहयोग गर्न सक्ने उल्लेख गरेका छन् । तर, कमजोर प्रोपर्टी सेक्टर र कोभिड नियन्त्रणका उपायहरूको अवरोधका कारण समग्र वृद्धि सुस्त रहने उनीहरूको निचोड छ ।

चीनका १९ बुँदे उपायहरू थुप्रै प्रोत्साहन प्याकेजपछि आएको हो । चीनको पोलिस बंैकले जुनयता पूर्वाधार परियोजनाहरूका लागि १० खर्ब १० अर्ब युआन छुट्याइसकेको छ । केन्द्रीय बैंकले अघिल्लो हप्ताबाट ब्याजदरमा १० आधार बिन्दु प्रतिशतले कटौती गरेको छ । 

गत मेमा पनि बेइजिङले साना व्यवसायलाई समेत लक्षित गर्दै ३३ बुँदे नीति प्याकेजलाई सहयोग गर्न १९ खर्ब युआन घोषणा गरेको थियो । सुक्खाका कारण ऊर्जा क्षेत्रमा परेको प्रभाव कम गर्न यसमध्ये केही रकम सरकारनियन्त्रित ऊर्जा उत्पादन कम्पनीहरूलाई सीधै प्रदान गरिनेछ । अर्काे १० अर्ब युआन कृषि क्षेत्रमा खर्चिंदै छ । सरकारले निजी क्षेत्रका व्यवसायको विकासलाई सहयोग गर्न वित्तीय लागतलाई निरन्तर कम बनाइराख्ने पनि प्रतिबद्धता गरेको छ । 

पूर्वाधार लगानीको रूपरेखा
सन् २०२१ मा चीनको स्थिर सम्पत्तिमा ४.९ प्रतिशतले लगानी बढ्यो । यो बढोत्तरी सन् २०२२ मा २.९ प्रतिशत थियो । तर, सन् २०१९ को तुलनामा भने ५.१ प्रतिशतको कमी हो ।  

त्यसो त चीनले पूर्वाधारमा गरिने लगानीलाई दशकदेखि निरन्तरता दिइरहको छ । तर, वृद्धि भने नाटकीय ढंगले सुस्त देखिएको छ । स्थानीय सरकारको ऋण वृद्धि र व्यावसायिक प्रोजेक्टका नियममा गरिएको केही कडाइले गर्दा पनि यो अवस्था आएको हो । 

सन् २०२१ मा चीनको स्थिर सम्पत्तिमा गिरावट आयो । बढ्दो घरजग्गा व्यवसाय संकटले खरिदबिक्री हुन सकेन । तर पनि सोही वर्षमा रियल स्टेटमा गरिने लगानी ४.४ प्रतिशतले बढ्यो, जुन २०२० को तुलनामा ९ प्रतिशतले कमी हो ।