१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १४ मंगलबार ०७:००:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षकले नियम उल्लंघन गर्दा एन्फालाई ६ हजार अमेरिकी डलर जरिवाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १४ मंगलबार ०७:००:००

गत जेठ अन्तिम साता कुवेतमा आयोजना भएको एएफसी एसियन कप छनोट प्रतियोगिताका दौरान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’मा प्रवेश गरेका थिए । लगातार दुई खेलमा पहेँलो कार्ड सामना गरेका अब्दुल्लाह तेस्रो खेलमा निलम्बनमा परे ।

आयोजक कुवेत र जोर्डनविरुद्ध लगातार पहेँलो कार्ड सामना गरेपछि अब्दुल्लाह तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध टेक्निकल एरियामा बस्न नपाउने भए । एसियन फुटबल फेडेरेसन (एएफसी)को नियम उल्लंघन गर्दै अब्दुल्लाह नेपाली टोलीसँगै ‘ड्रेसिङ रुम’मा पुगे ।

यही घटनालाई आधार मान्दै एएफसीले तीन महिनापछि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जरिवाना गरेको छ । एएफसीले धारा २१.१ अनुसार नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाहले नियम उल्लंघन गरेको ठहर गरेको छ ।

दुई खेलमा पहेँलोकार्ड पाइसकेका मुख्य प्रशिक्षक अब्दुल्लाह  खेलाडीसँगै ड्रेसिङ रुमभित्र प्रवेश गरेपछि एएफसीले अखिल नेपाल फुटबल संघलाई ६ हजार डलर जरिवाना तिराएको छ 

इन्डोनेसियाविरुद्ध पहिलो हाफ १० खेलाडीमा सीमित भएपछि दोस्रो हाफको सुरुमा नेपालले दुई खेलाडी परिवर्तन गरेको थियो । दोस्रो हाफ सुरु गर्न ढिला गरेको जनाउँदै एएफसीले नेपालमाथि अर्काे थप कारबाही गरेको छ । 

एएफसीले अब्दुल्लाहले नियम उल्लंघन गरेको घटनालाई आधार मान्दै ६ हजार अमेरिकी डलर दण्डित गरेको छ । यस्तै, खेल ढिला गरेकोमा नेपाललाई एक हजार अमेरिकी डलर जरिवाना तिराएको छ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार दुवै घटनाअनुसार ९० दिनभित्र एन्फाले १७ सय डलर जरिवाना तिर्नुपर्नेछ । बाँकी दुई वर्षको अवधिलाई तोकिएको छ । 

यद्यपि, एएफसीले एन्फालाई यस्ता प्रकृतिको घटना दुई वर्षभित्र नदोहोरिए सो रकम फेरबदल हुने जानकारी दिएको छ । कुवेत सिटीमा भएको खेलमा नेपाल पहिलो खेलमा जोर्डनसँग २–०, दोस्रो खेलमा कुवेतसँग ४–१ र अन्तिम खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो ।   

प्रशिक्षकको अपरिपक्वताले कारबाही 
एन्फा प्रवक्ता शाहले प्रशिक्षक अल्मुताइरीको अपरिपक्वताको निर्णयका कारण देशलाई जरिवाना परेको र बदनामी भएको बताए । नयाँ पत्रिकासँग बोल्दै उनले भने, ‘जान नपाउने स्थानमा प्रशिक्षक जानुभयो । जसका कारण जरिवाना परेको छ,’ उनले भने, ‘प्रशिक्षकको अपरिपक्वताको निर्णयले देशलाई जरिवाना पनि पर्‍यो र बदनामी पनि भयो ।’