Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ चैत १० आइतबार १२:२२:००
Read Time : > 1 मिनेट
अर्थ

गुल्मी उद्योग वाणिज्य संघमा भलामी नेतृत्वको प्यानल विजयी

Read Time : > 1 मिनेट
२०७५ चैत १० आइतबार १२:२२:००

गुल्मी उद्योग वाणिज्य संघमा प्रजातान्त्रिक प्यानल विजयी भएको छ । प्रजातान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष श्रीप्रसाद भलामीसहित सवै विजयी भएका हुन् । भलामीले साझा प्यानलका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयलाई एक सय ३७ मतको अन्तरले पराजित गरेका छन । भलामीले तीन सय चार र पाण्डेले एक सय ६७ मत प्राप्त गरेका छन् । त्यस्तै लोकतान्त्रिक प्यानलका उपाध्यक्षहरुमा इश्वरी पौडेल, रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ बिजयी भएका छन् । महासचिवमा ताराप्रसाद भुसाल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा इश्वरी बेलवासे र सहकोषाध्यक्षमा मनिराम अर्याललगायत दशै जना सदस्य विजयी भएको निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए । 

साझा प्यानलको तर्फबाट उपाध्यक्षहरु रेमलाल पाण्डेय, दुर्गाचन्द्र बोहरा र बिरेन्द्र भुसालले उमेद्धवारी दिएका थिए । महासचिवमा रामप्रसाद पन्थी, सचिवमा फर्सुराम पाण्डेय, कोषाध्यक्षमा रामु सुनार र सह–कोषाध्यक्षमा खड्गप्रसाद श्रेष्ठ तथा बाँकी १० सदस्य उमेदवार थिए । नयाँ नेतृत्वको लागि शनिबार भएको निर्वाचनमा ९१.१९ प्रतिशत मत खसेको थियो । कुल पाँच सय ६८ मतदाता रहेकोमा पाँच सय १८ मत खसेको कार्यालय प्रमुख तोमलाल पन्थीले बताए । मतगणना साँझ साढे ७ बजेबाट सुरु गरिएको थियो । 

को हुन श्रीप्रसाद भलामी ?
नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद भलामी २०५५ सालमा गुल्मी उद्योग वाणिज्य संघमा प्रवेश गरेका थिए । उनी ०६० सालमा संघको आमन्त्रित समदस्य हुँदै ०६६ सालमा कार्यसमितिमा प्रवेश गरे । ०६९ मा कार्यसमितिको उपाध्यक्ष र ०७२ सालको अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष भएका थिए । उनी नेपाल मगर संघको केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका छन । साथै उनी कांग्रेस जिल्ला कार्यसमिति तथा महाधिवेशन प्रतिनिधी पनि हुन् । 

महोत्सवमा समन्वय गर्छौ
आगामी चैत्र २० देखि ३० गतेसम्म संचालन हुने महोत्सवमा आफुहरुले पनि समन्वय गर्ने अभ्यक्ष भलामीले बताए । चेम्बर अफ कर्मश गुल्मीले महोत्सव गर्ने भएपछि खासगरि व्यावसायीहरुमा मतभेद देखिएको थियो । तर उनले गुल्मी उद्योग वाणिज्य संघले जस्तै महोत्सवबाट बचेको रकम सामाजिक काममा लगानी गर्न आयोजक तयार भए आफुहरु मिलेर अगाडि बढ्ने बताए । उनले यो महोत्सवमा आफुहरु कुनै भुमिकामा नभएपनि जिल्लाको विकास र प्रर्वद्धनमा सहयोग गर्ने बताए ।